ठाकुरबाबा नगरपालिका-६, बकुवा, बर्दिया
Janajyoti Secondary School
प्रविधिमैत्री शिक्षा

Janajyoti Secondary School

प्रविधिमैत्री शिक्षा

Technology-Enabled Learning

आधुनिक शिक्षण विधि, डिजिटल साक्षरता र सूचना प्रविधिको प्रयोग मार्फत विद्यार्थीहरूलाई २१ औं शताब्दीका सिपहरू प्रदान गर्दै

सर्वाङ्गीण विकास

Janajyoti Secondary School

सर्वाङ्गीण विकास

Holistic Development

शैक्षिक उत्कृष्टता, नैतिक मूल्य, खेलकुद र सांस्कृतिक गतिविधिहरू मार्फत बालबालिकाको समग्र व्यक्तित्व विकासमा प्रतिबद्ध

उत्कृष्ट सिकाइकेन्द्र

Janajyoti Secondary School

उत्कृष्ट सिकाइकेन्द्र

Excellence in Education

५० वर्षको गौरवशाली इतिहास र गुणस्तरीय शिक्षा प्रदान गर्दै ठाकुरबाबा नगरपालिका र बर्दिया जिल्लाको गर्व

५०+
वर्षको इतिहास

समुदायसँग जोडिएको शैक्षिक यात्रा

५००+
विद्यार्थी

विविध सेवा क्षेत्रबाट अध्ययनरत

३०+
शिक्षक तथा कर्मचारी

सिकाइमा समर्पित टोली

१२
कक्षासम्म अध्ययन

बालविकासदेखि माध्यमिक तहसम्म

School Introduction

समुदायको भरोसाबाट उभिएको गुणस्तरीय सिकाइ केन्द्र

नेपालमा औलो उन्मुलनको क्रमसँगै पहाडी जिल्लाहरुबाट तराईतिर बसाईसराई बढ्दै जाँदा शिक्षा र स्वास्थ्यलाई आधारभूत आवश्यकता मानी समाजसेवी तथा शिक्षाप्रेमीहरुले विद्यालय स्थापनाको पहल गर्नुभयो।

वि.स. २०२७ साल भदौ महिनामा जनता प्राईमरी स्कुल मोतीपुर र पञ्चकोशी प्राईमरी स्कुल बकुवामा समाहीत भई श्री जनज्योति प्राईमरी स्कुल बकुवा मोतीपुरको नामबाट शैक्षिक सेवा सुरु भयो।

वि.स. २०३० सालमा सरकारी मान्यता प्राप्त गर्दै विद्यालयले निरन्तर शिक्षा प्रदान गर्दै आएको छ। वि.स. २०६६ मा कक्षा ११ र १२ को स्वीकृति प्राप्त भई माध्यमिक तहसम्मको शिक्षा सञ्चालन भइरहेको छ।

प्रविधिमैत्री सिकाइ

समयअनुसार शिक्षण विधि, डिजिटल साक्षरता र व्यवहारिक ज्ञानलाई जोड दिइन्छ।

समुदायसँग सहकार्य

अभिभावक, शिक्षक र स्थानीय सरोकारवालाको विश्वासमा विद्यालय अघि बढिरहेको छ।

सर्वाङ्गीण विकास

शिक्षा, अनुशासन, सिर्जनात्मकता, खेलकुद र जीवनोपयोगी सीपलाई समान प्राथमिकता।

Location

बकुवा, बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधताले भरिपूर्ण क्षेत्रमा अवस्थित विद्यालय।

Principal Message

प्रधानाध्यापकको सन्देश

Balkrishna Acharya - Principal

बालकृष्ण आचार्य

प्रधानाध्यापक

शिक्षालाई मानवजीवनको समुच्चय साधनको रुपमा हेरिन्छ। शिक्षित र सभ्य समाज निर्माणमा विद्यालय शिक्षाको अहम भूमिका हुन्छ।

यस विद्यालयले वि.स. २०२७ सालदेखि हालसम्म हजारौं बालबालिकालाई शिक्षाको उज्यालो यात्रा तय गराएको छ। प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म समयानुकूल शिक्षा प्रदान गर्दै आएको छ।

सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै परिवर्तित विश्वमञ्चमा अडिन सक्ने सक्षम जनशक्ति उत्पादनमा यो विद्यालय अग्रणी सिकाइ केन्द्रमा विकसित हुने कुरामा विश्वस्त छु।

Vision

हाम्रो दूरदृष्टि

बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रविधिमैत्री, सिर्जनात्मक तथा जीवनोपयोगी शिक्षासहितको उत्कृष्ट सिकाइ केन्द्रको रुपमा परिचित गराउने।

दूरदृष्टि र उद्देश्य

पूर्व

औराही खोला

दक्षिण

ठाकुरद्धारा

पश्चिम र उत्तर

चुरेपर्वत

Service Area

हाम्रो सेवा क्षेत्र

ठाकुरबाबा नगरपालिका वडा नं. २
ठाकुरबाबा नगरपालिका वडा नं. ६
ठाकुरबाबा नगरपालिका वडा नं. ७
सुर्खेत जिल्लाका विद्यार्थी

सम्पर्क आवश्यक छ?

भर्ना, कागजात, विद्यालय समय वा अन्य जानकारीका लागि सम्पर्क पृष्ठबाट विद्यालयसँग जोडिनुहोस्।

सम्पर्क गर्नुहोस्