Loading...

प्रधानाध्यापकको सन्देश

Balkrishna Acharya - Principal

बालकृष्ण आचार्य

प्रधानाध्यापक

शिक्षालाई मानवजीवनको समुच्चय साधनको रुपमा हेरिन्छ। शिक्षित र सभ्य समाज निर्माणमा विद्यालय शिक्षाको अहम भूमिका हुन्छ । यो विद्यालयले सोही भूमिका निर्वाहका लागि २०२७ सालमा स्थापना भई हालसम्म हजारौ बालबालिकालाई शिक्षाको उज्यालो यात्रा तय गरेको छ। कुनै पनि समाजको आँखा त्यस समाजको शिक्षा प्रदायक संस्था हो।

यस विद्यालयले आफ्नो सेवा क्षेत्रका बाल- बालिकालाई प्रारम्भिक बालविकास शिक्षा दोख कक्षा १२ सम्म समयानुकुल शिक्षा प्रदान गर्दै आएको छ। अझै पनि सम्बद्ध सरोकारवालाहछ‌को सहयोग, परिश्रमी विद्यार्थी कर्मशील शिक्षक तथा जिम्मेवार अभिभावकको विश्वास जित्न अथक पहल गरिरहेको छ ।

सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै परिवर्तित विश्वमञ्चमा अभिन सक्ने सक्षम जनशक्तिको उत्पादनमा यो विद्यालय अग्रणी सिकाइ‌केन्द्र‌मा विकसित हुने कुरामा विश्वस्त छु।

विद्यालय परिचय

नेपालमा औलो उन्मुलनको क्रमसंगै पहाडी जिल्लाहरुबाट तराई तिर बसाईसराई गर्ने क्रममा दैलेख, सुर्खेत र दाङ्गबाट वि.स.२०२३–०२४ सालतिर यस बर्दिया जिल्लामा पनि मानिसको वस्ति विस्तार हुदैजान्छ । गाँस र बाँसको व्यवस्था पश्चात शिक्षा स्वास्थ्य पनि अति आवश्यक आधाभुत तत्व हो र मानव जिवनमा यसको महत्व ठान्दै तत्कालीन समाज सेवी एवं शिक्षाप्रेमीहरुले विद्यालको स्थापनाका लागि पहलकदमी चाल्नु भयो ।

यसै क्रममा वि.स. २०२७ साल भदौ महिनामा जनता प्राईमरी स्कुल मोतीपुर र पञ्चकोशी प्राईमरी स्कुल बकुवामा समाहीत भै श्री जनज्योति प्राईमरी स्कुल बकुवा मोतीपुरको नामले यस क्षेत्रका बालबालिकाको शैक्षिक उन्नयनमा निरन्तर लागिरहेको छ ।

वि.स.२०३० सालमा यस क्षेत्रका समाजसेवी तथा शिक्षा प्रेमीहरुको सत्प्रयासवाट यस विद्यालयले स्वीकृती प्राप्त गरी सरकारी मान्यता प्राप्त गर्दै शिक्षा प्रदान गर्दै आएको छ । वि.स. २०६६ मा कक्षा ११ र १२ को स्वीकृती प्राप्त गरी माध्यमिक तह सम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ ।

50+
वर्षको इतिहास
500+
विद्यार्थी
30+
शिक्षक तथा कर्मचारी
100%
समर्पण

हाम्रो दूरदृष्टि

बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रविधिमैत्री, सिर्जनात्मक तथा जीवनोपयोगी शिक्षासहितको उत्कृष्ट सिकाइकेन्द्रको रुपमा परिचित गराउने ।

हाम्रो स्थान

भौगोलिक स्थिति

पूर्व: औराही खोला

दक्षिण: ठाकुरद्धारा

पश्चिम र उत्तर: चुरेपर्वत

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधताले भरिपुर्ण क्षेत्रमा अवस्थित

सेवा क्षेत्र

ठाकुरबाबा नगरपालिका

  • वडा नं. २
  • वडा नं. ६
  • वडा नं. ७

सुर्खेत जिल्लाबाट पनि विद्यार्थीहरु अध्ययनरत